१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १९ बिहीबार १३:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यापार घाटा घटाउन बजेटले सही दिशा पक्रेको छ : गगन थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १९ बिहीबार १३:०४:००

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी वर्षको बजेटले व्यापार घाटा घटाउन सही दिशा पक्रेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताए।

बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताउँदै उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठीक ढंगले भएको उल्लेख गरे।

‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्नेछ, उत्पादकत्व बढाउनुपर्नेछ। त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ। उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ। यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो। स्रोत विनियोजन पनि ठीक छ। उपयुक्त कार्यक्रमहरू छनाेट भएको छ। मूलतः व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ,’ उनले भने।