मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Tuesday, 01 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २७ आइतबार १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिश्रित निर्वाचन प्रणालीले प्रजातन्त्र र लोकतन्त्रलाई विकृत बनायो : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार १८:४८:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मिश्रित निर्वाचन प्रणालीले प्रजातन्त्र र लोकतन्त्रलाई भ्रष्ट र विकृत गराएको टिप्पणी गरेका छन्।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धन देशको लागि घातक रहेको दाबीसमेत गरे।

‘संसदमा समावेशी सहभागिता भएन, सबैको प्रतिनिधित्व नभएकाले मिश्रित निर्वाचन प्रणाली हामीले ल्यायौँ। तर, यसलाई पनि हामीले यति विकृत बनायौँ, अहिले ससाना दलहरू दोकान खोलेर र च्याँखे थापेर बस्ने आधार निर्वाचन प्रणाीलले बनाएको छ,’ उनले भने।

महामन्त्री थापाले नेपालका मुख्य दलहरूलाई गठबन्धन र यसको अभ्यासले पाठ सिकाएको बताउँदै एकले अर्कालाई बोकेर हिँड्दा नेपालको राजनीति भ्रस्टीकरण भएको बताए। निर्वाचन प्रणाली ठीक भयो भने दलहरूले त्यसको दुरुपयोग गर्न नपाउने उनको दाबी छ।

‘१५ वर्षपछि नेपाललाई बुढ्यौली लाग्छ, युवाहरूको हाहाकार पर्न सक्छ। यस्तो अवस्था आउन नदिन हामीले युद्धस्तरमा काम गर्नुपर्ने थियो। तर, हाम्रो ध्यान सरकारलाई टिकाउन र फोहोर खेलतिर गएको छ,’ थापाले भने।