१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गगन थापाको रोकिएको ‘संवाद यात्रा’ आजबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४१:oo

कांग्रेस महामन्त्री गगन थापाले बिहीबारबाट संवाद यात्रा थाल्ने भएका छन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण २३ माघमा स्थगित अभियान पुनः सुरु हुन लागेको हो ।  

महामन्त्री थापाका अनुसार नवलपरासीमा रोकिएको अभियान सोही स्थानबाट सुरु हुनेछ । १३ माघबाट सुरु भएको अभियानमा हुलाकी राजमार्गअन्र्तगतका जिल्ला समेटिनेछन् । यसपटकको अभियान १५ देखि १७ चैतसम्म चल्नेछ ।

‘माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगन्जमा रोकिएको थियो । अबकोे संवाद यात्रा त्यहीँबाट पुनः सुरु हुँदै छ । अभियानअन्तर्गत १५ देखि १७ चैतसम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँमा पुग्नेछौँ,’ महामन्त्री थापाले भने । उनले १३ माघमा झापाबाट संवाद यात्रा थालेका थिए । सँगसँगै कांग्रेस केन्द्रीय समितिले १३ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेको थियो । 

ad
ad