१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

झण्डा नहेरी विवादित व्यक्तिमाथि अनुसन्धान गर्न थापाकाे आग्रह

‘सहकारी ठग्ने र दोहोरो नागरिकता राख्नेलाई पनि संसदमा नराखौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:४६:oo

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’

आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ उनले भने, ‘सहकारी ठग्ने, दुई–चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।’

ad
ad