Skip This
रहेनन् बलिउडका चर्चित गायक केके 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ जेठ १९ बिहीबार o८:३३:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रहेनन् बलिउडका चर्चित गायक केके 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:३३:oo

बलिउडका चर्चित गाउँ कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मंगलबार राति कलकत्तामा निधन भएको हो ।उनी मंगलबार साँझ कलकत्तामा आयोजित सांगीतिक प्रस्तुति दिएर होटेल फर्किएपछि अस्वस्थ भएका थिए ।

उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको निधन भएको हो । केकेले कलकत्ताको गुरुदास कलेजमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिइरहेका थिए । होटेलमा आउनासाथ स्वास्थ्यमा समस्या देखिएपछि कलकत्ताकै मेडिकल रिसर्च इन्स्टिच्युट अस्पतालमा लगिएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । 

चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको जनाएका छन् । ५३ वर्षीय गायक केकेले मंगलबारको प्रस्तुतिको झलकसमेत सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनको ‘हम दिल दे चुके सनम, तडप तडप के इस दिल से लगायत गीत लोकप्रिय छन् ।