मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई घण्टामा सगरमाथा अवलोकन गर्न सक्ने गरी फास्ट ट्रयाक बनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १७:२५:oo

 आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमा दुई घण्टामा सगरमाथा पुगेर अवलोकन गर्न सक्ने गरी फास्ट ट्रयाक बनाइने घोषणा गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्नुका साथै निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिने उल्लेख गरेका हुन्।  

यसका साथै पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आर्कषित गर्ने,हिमाल आरोहणका लागि खुला गरिएका पदमार्गको स्तरोन्नति गरिने तथा पदमार्गका सुविधाको पहुँच विस्तार गर्नेलगाायतका बुँदा बजेटमा समेटिएका छन्।