१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसम प्रतिकूलताका कारण जहाज खोज्न पैदल हिँड्दै सेना र प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १५:४७:oo

प्रतिकूल मौसमका कारण सम्पर्कविहीन तारा एयरकाे जहाजको खोजीकार्य प्रभावित बनेको छ। लेते क्षेत्रमा बाक्लो कुहिरो लागेकाले हेलिकोप्टरबाट खोजी गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिए।

दानीका अनुसार हाल नेपाली सेना र प्रहरीको टोली लेते क्षेत्रमा परिचालित छ। खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उनीहरू पैदल हिँडिरहेका छन्। जहाज भेटिन सक्ने शंका गरिएको ठाउँमा सडक नपुगेका कारण खोजीकार्यमा ढिलाइ भएको हो।

लेते क्षेत्रको अग्लो भूभागमा पुग्न मुख्य सडक रहेको खोवाङदेखि करिब चार घन्टा पैदल हिँड्नुपर्छ। मौसम अनुकूल नरहेकाले त्यस क्षेत्रमा हेलिकोप्टर प्रयोग गर्न कठिन भइरहेको डिएसपी दानीको भनाइ छ।