१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १४ शनिबार १०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिकार खेल्न जाँदै गर्दा साथीले बोकेको बन्दुक पड्किएर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ १४ शनिबार १०:३८:००

दाङमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । दाङ बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किँदा लमही नगरपालिका वडा नं. १ बौराहनिवासी कालुराम घर्ती मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार लमही १ बौराहबाट ५/७ जना व्यक्ति भरुवा बन्दुकलिएर जंगलतर्फ जाँदै  थिए । त्यही क्रममा बंगलाचुली ८ राणीखुट्टी भन्ने स्थनमा सँगै गएका बुद्धिराम घर्तीले बोकेको बन्दुक पड्किएको थियो । बन्दुक पड्किँदा कालुरामलाई लागेपछि उनको घटनास्थलमै मृत्यु भएको छ । 

घटना शुक्रबार दिउँसो १२ बजेतिरको हो । तर, प्रहरीलाई साँझ मात्रै खबर आएको थियो । खबर आएपछि तीन घण्टा हिँडेर प्रहरी घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए । 

सँगै गएका चारजना साथीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । उनीहरूको साथबाट थप चारवटा भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।  घटना के कसरी भएको हो भन्ने सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।