मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १४ शनिबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १४ शनिबार o९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १४ शनिबार o९:५५:oo

काठमाडौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । 

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०‍‍‍.२८मा ९१०३२ जना र महिलाको प्रतिशत ३९.७२ (६८०)रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ रहेका छन् । 

कार्यक्रममा पाँचजनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार तीन सय ३६ उत्तीर्ण हुनेछन् ।