१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १४ शनिबार ०८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १४ शनिबार ०८:१२:००

स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका, जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट)को प्रमुखमा विजयी भएका छन् ।

स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी)को अध्यक्षमा निर्वाचित भएका छन् ।