Skip This
बालेनलाई शुभकामना दिँदै स्थापितले भने– तपाईंका सकारात्मक काममा रचनात्मक सहयोग रहनेछ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Tuesday, 16 September, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १३ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनलाई शुभकामना दिँदै स्थापितले भने– तपाईंका सकारात्मक काममा रचनात्मक सहयोग रहनेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १३:२९:oo

काठमाडौं महानगरपालिकाको मेयरमा पराजित एमालेका उम्मेदवार केशव स्थापितले निर्वाचित भएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मेयर र उपमेयरले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग गर्ने बताएका छन्।

‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौं महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु,’ उनले लेखेका छन्, ‘काठमाडौं महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईंले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु।’

पाँचवर्षे कार्यकालमा विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्न आग्रह गर्दै स्थापितले मेयर–उपमेयरका हरेक सकारात्मक काममा रचनात्मक सहयोग गर्ने बताएका छन्। मेयर र उपमेयरबाट भएको कमी–कमजोरीमा भने आफूले निरन्तर खबरदारी गर्ने उनको भनाइ छ।

स्थापितले उपमेयर पदमा विजयी सुनिता डंगोललाई पनि शुभकामना व्यक्त गर्दै महानगरवासीको सेवक भएर काम गर्न आग्रह गरेका छन्।