१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Thursday, 03 July, 2025
२o७९ जेठ ११ बुधबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पृथ्वी सुब्बा गुरुङले भने– पोखरामा एकीकृत समाजवादीले जित्नु दुःखद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १७:४२:oo

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सत्तागठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग गरेका कारण एमाले पराजय हुनुपरेको आरोप लगाएका छन् । पोखरामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्यक्रममा गुरुङले भने, ‘सत्तागठबन्धनले व्यापक रूपमा राज्यसत्ताको दुरुपयोग गर्यो । पैसाको खोलो बगायो । जसका कारण हामीले पराजय भोग्नुपर्यो ।’ 

गुरुङले निर्वाचनको मौन अवधिमा कुनाकुनामा लगेर गठबन्धनले पैसा बाँडेको आरोप लगाए । उनले नेकपा (एकीकृत समाजवादी)लाई देशभर धेरै ठाउँमा पराजित गरेर अस्तित्वको संकटमा पारेको दाबी पनि गरे । तर, पोखरामा भने एकीकृत समाजवादीले टाउको उठाउने ठाउँ पाउनु दुःखद भएको उनले बताए । ‘एकीकृत समाजवादीलाई धेरै ठाउँमा पराजित गरेर उसको अस्तित्व संकटमा पारेका छौँ । तर, पोखरामा उसले शिर ठाडो पार्यो,’ उनले भने, ‘यो हाम्रा लागि दुःखद विषय हो ।’

गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले अन्य प्रदेशमा एमाले पराजय भए पनि गण्डकीमा भने आफ्नो साख जोगाउन सफल भएको दाबी गरे । उनले अन्य ६ वटा प्रदेशमा भने एमालेले साख गिराएको बताए । उनले भने, ‘अरू ६ वटा प्रदेशमा कतै पनि पुरानो विरासत कायम राख्न सकिएको छैन । तर, हामीले गण्डकीमा पुरानो विरासत कायम राख्न सकेका छौँ ।’ 

पोखरामा भएका कामको पनि प्रचार नगरिएको भन्दै उनले दुखेसो पोखेका छन् । फेवातालको सिमांकन, खानेपानी ल्याउने कामको सुरुवातलगायत महत्वपूर्ण काम भएको भए पनि त्यसको उचित प्रचार नगरिएको उनले बताए । देशव्यापी रूपमा प्रमुख र अध्यक्ष पदका उम्मेदवार धेरै पराजित भएको भन्दै उनले समीक्षा हुनुपर्ने बताए ।