मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ ११ बुधबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको मेयरमा बालेन साह पक्का  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १३:४१:oo

काठमाडौं महानगरपालिकाको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ। १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी रहँदा उनले २१ हजार एक सय २१ मतको अग्रता कायम राखेका छन्। जस अनुसार उनले गणना गर्न बाँकी भन्दा बढी मतान्तर  कायम राखेका छन् । 

हालसम्म बालेनले ५५ हजार सात सय ४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार तीन सय ७१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। 

यद्यपि, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मतपरिणाम भने सार्वजनिक गरेको छैन।