१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Wednesday, 02 July, 2025
फोटो क्याप्सन : भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीलाई ज्ञापनपत्र बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य संघका प्रतिनिधि
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ १० मंगलबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्तराखण्डका मुख्यमन्त्रीलाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र, शारदा ब्यारेजको पुल २४ सै घन्टा खुलाउन माग 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार १३:१o:oo

कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीलाई ज्ञापनपत्र बुझाएको छ । विधान सभा क्षेत्र ५५, चम्पावतको उपनिर्वाचनको प्रचारप्रसारका लागि टनकपुर पुगेका मुख्यमन्त्री धामीलाई वाणिज्य संघले ज्ञापनपत्र बुझाएको हो । वाणिज्य संघको टिमले सोमबार टनकपुर पुगेर मुख्यमन्त्री धामीलाई पाँचबुँदे माग अघि सार्दै ज्ञापनपत्र बुझाएकाे हो । नेपाल–भारत जोड्ने पश्चिमी नाकामा रहेको शारदा ब्यारेजको बनबासा पुल २४ सै घन्टा खुलाउने मागलाई प्राथमिकताका साथ उठाइएको छ । 

वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले यसअघि पनि मुख्यमन्त्री धामी विधायक हुँदा दैनिक चार घन्टाबाट सात घन्टा खुलाउन सफल भएको बताउँदै अहिले विधायक धामी मुख्यमन्त्री भएका वेला सहज हुने भएकाले सो माग अघि सारेको बताए । वाणिज्य संघका अध्यक्ष मल्लले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारतीय पक्षबाट समेत कनेक्टिभिटीका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने, गड्डाचौकी बनबासा भएर कृषि उपज आयात–निर्यातका लागि क्वारेन्टिन स्थापना गर्नुपर्ने, टनकपुर–ब्रह्मदेवसम्म धार्मिक कोरिडोरकै रूपमा विकास गरेर नेपाली सवारीसाधन पूर्णागिरी मन्दिर र खटिमा बजारसम्म निर्वाध सञ्चालनको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छ । 

त्यसैगरी, भारतीय व्यवसायीलाई सुदूरपश्चिम प्रदेशमा लगानी गर्ने वातावरण सिर्जनाका लागि मुख्यमन्त्री कार्यालयका तर्फबाट पहल गरिदिन अनुरोध गरिएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पीताम्बर जोशीले नेपालको आर्थिक समृद्धिका लागि भारतीय पक्षबाट समेत पूर्वाधार निर्माण गरेर कनेक्टिभिटी गरिदिनुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले आफ्नोतर्फबाट वाणिज्य संघले उठान गरेको विषयबारे ध्यान दिने बताएका छन् । उनले भारतले नेपालसँग भाइचाराको सम्बन्ध राख्दै आएको बताए ।