मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १० मंगलबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिकाको मेयर–उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार ०९:०६:००

सिराहाको गोलबजार नगरपालिकाको मेयर–उपमेयर दुवै पदमा एमाले विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठ सात हजार नौ सय आठ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयरसमेत रहेका नेकपा माओवादी केन्द्रका देवनाथ साह पाँच हजार सात सय एक मत प्राप्त परी पराजित भए । 

त्यस्तै, उपमेयर पदमा निर्वाचित एमालेकी मान्ती साहले सात हजार सात सय तीन मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपमेयरसमेत रहेकी माओवादी केन्द्रकी  रेशमकुमारी थापाले पाँच हजार ६ सय ४३ मत प्राप्त गरेकी छिन् । 

कुल १३ वटा वडा रहेको गोलबजारमा मेयर–उपमेयरसहित एमालेले २, ६, ७, ८, १०, १२, कांग्रेसले ४, ५, १३, माओवादी केन्द्रले १ र ३ तथा जसपा नेपालले ९ र ११ नम्बर वडामा जित निकालेको छ ।