१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको बजेट गोष्ठी तथा तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार ०७:२२:००

नेपाल बैंक लिमिटेले आव ०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय बागमतीका ६० जना शाखा प्रबन्धकको सहभागितामा कार्यक्रम गरेको हो । 

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रूपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको बैंकले जनाएको छ । बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्र्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावसमेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने जनाएको छ । यसका साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायतका विषयहरूमा बृहत् रूपमा भएको छलफलले आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने बैंकको ठहर छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति नेपालको बैंकिङ क्षेत्रकै क्षमतावान् युवा जनशक्ति भएको बताए । यही जनशक्तिको कडा मिहिनेतले गर्दा नै नैपाल बैंक सबल र प्रतिस्पर्धी बैंकका रूपमा अगाडि आएको उनको भनाइ थियो । ग्राहकको विश्वास जित्दै देशको आर्थिक विकासमा महŒवपूर्ण योगदान गर्ने कार्यमा बैंकका सम्पूर्ण कर्मचारीहरू सधैँ ऊर्जाशील भई अगाडि बढिरहने उनले विश्वास व्यक्त गरेका थिए । 
बैंकले देशभरमा दुई सय १३ शाखा, एक सय ७९ एटिएम तथा ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।