मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १ शुक्रबार १२:२६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको पहिलो बैंक ८७औँ वर्षमा प्रवेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १२:२६:oo

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८७औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा बैंकिक  प्रणालीको सुरुवात र विकासको हिसाबले यो बैंक आजको बैंकिक क्षेत्रमा आएको क्रान्तिको जग हो। 

भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ। नेपाल बैंक ३० कात्तिक १९९४ मा सार्वजनिक निजी साझेदारी मोडलमा १० जना लगानीकर्ताबाट सुरु भएको थियो। 

नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सम्म देशको केन्द्रीय बैंकको रूपमा समेत कार्य गरी नेपालको बैंकिक क्षेत्रको अभिभावकीय भूमिकासमेत निर्वाह गरिसकेको छ। साथै वर्तमान समयमा प्रविधिमैत्री बैंकिकलाई आत्मसात् गरी जनतालाई सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवर्द्धनमार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ सशक्त भूमिका खेलेको छ। 

यो बैंकले हाल ७१ जिल्लामा गरी दुई सय २८ शाखामार्फत कारोबार, दुई सय चारवटा एटिएम तथा ५८ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ।

आठ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ। बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र ३६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी नेटवर्थ छ। 

बैंकले आर्थिक वर्ष ०७६/७७ देखि आफ्ना सेयर धनीलाई नियमित रूपमा बोनस तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ। निक्षेप, कर्जा, तरलता तथा पुँजी पर्याप्ततालगायत बैंकका अधिकांश परिसूचक सबल छन्। बैंकका अधिकांश कारोबार डिजिटल माध्यममार्फत सञ्चालन भइरहेको जनाएको छ।