१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर २२ शुक्रबार ०९:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकले भारतको एक्जिम बैंकसँग कारोबार गर्न सहज बनायो

Read Time : < 1 मिनेट
२०८० मङ्सिर २२ शुक्रबार ०९:०८:००

 नेपाल बैंक लिमिटेडले वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक्जिम बैंक इन्डियासँग ट्रेड एसिस्टेन्ट प्रोग्राम (टिएपी)अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो । 

बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीच चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको जनाइएको छ । 

हस्ताक्षर कार्यक्रममा बैैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौतासँगै आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी उक्त बैंकसँगको सहकार्यमा आफ्ना ग्राहकको व्यापारिक गतिविधिलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा रहेको बताइन् ।