१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २४ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

खाँदबारीमा एमालेको किल्ला तोड्दै कांग्रेसका थपलिया निर्वाचित

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४४:oo

संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपा एमालेको किल्ला तोड्दै नेपाली कांग्रेसका महेश थपलिया मेयरमा निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार बनेका थपलियाले ८ हजार ३४ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार पाँच सय ८९ मत मात्र प्राप्त गरे । दुई हजार ४ सय ४५ मतान्तरको फरकमा थपलिया मेयरमा निर्वाचित भएका हुन् ।
    
उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छिन् । बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिव्यराज बरालले पाँच हजार एक सय ४४ मत ल्याए । ०७४ को निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको थियो ।

ad
ad