Skip This
ad
दाङको  बंगलाचुलीमा गठबन्धन विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दाङको  बंगलाचुलीमा गठबन्धन विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:४६:oo

दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनले विजयी हाँसिल गरेको छ । सोमबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार  प्रमुखमा माओवादी केन्द्रका तुलसीराम पुन‘सुवास’ र  उपप्रमुखमा कांग्रेसका भक्तबहादुर जीसी विजयी भएका छन् । पुनले दुई हजार ७१ र जीसीले दुई हजार ६ सय ८०मत बढि मत ल्याए ।

 निकटतम प्रतिद्वन्दी एमालेबाट अध्यक्षका उम्मेदवार भेषराज खत्रीले तीन हजार ६ सय ७८ मत प्राप्त गर्दा पुनले पाँच हजार ७ सय ४९ मत ल्याएर विजयी भएका हुन् ।  उपाध्यक्षमा एमालेका उम्मेदवार सरस्वता कुमारी घर्तीले तीन हजार दुई सय ६५ मत ल्याउँदा जीसीले पाँच हजार नौ सय ४५ मत ल्याए  ।  

त्यस्तै जनमोर्चाका अध्यक्षका उम्मेदवार अनिता पाण्डेले ५३ र उपाध्यक्षका उम्मेदवार सञ्जय वलीले ५७ मत ल्याएका थिए भने  मंगलोनेश्नल अर्गनाईजेशनका अध्यक्षका उम्मेदवार सालिकराम कार्कीले १६ र उपाध्यक्ष गीता कुमारी पुनले १५ मत प्राप्त गरेकी छिन् । 

बंगलाचुलीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।  त्यस्तै ८ वटा वडामध्ये ४ वडा कांग्रेस र ४ वडा माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एउटा र एमालेले एउटा मात्रै वडा जितेको थियो । तर, अहिले कांग्रेसले ३ वटा वडा थप्न सफल भएको छ ।  

माओवादी केन्द्रको वडा नं.३ बाट शोभाराम विश्वकर्मा, ५ मा लिलाबहादुर घर्ती, ७ मा गिरबहादुर थापा र ८ मा झविन्द्र गाहा मगरले विजयी हाँसिल गरेका छन् । यी चार वटै वडा पहिले पनि माओवादीले जितेको वडा हुन् । तिमध्ये विश्वकर्मा र थापा पुनः दोहोरिएका छन् । 

त्यस्तै कांग्रेसका वडा नं. १ बाट विष्णु कुँवुर, २ बाट मैते पुन, ४ बाट डाँसबहादुर डाँगी  र वडा नं. ६ बाट डोमबहादुर केसी विजयी भएका छन् । वडा नं. १ मात्रै यसअघि कांग्रेसले जितेको थियो । ति मध्ये २ मा माओवादी केन्द्रबाट यसअघि जितेका वडाध्यक्ष मेघराज राणालाई कांग्रेस उम्मेदवार राणाले हराउन सफल भए, भने यस अघि माओवादी केन्द्रले जितेको ४ नम्बर वडामा पनि जित निकाल्न सफल भयो । त्यस्तै एमालेले जितेको ६ नम्बर वडामा पनि कांग्रेसले जित निकाल्न सफल भयो । जहाँ यसअघि एमालेका बेदुलाल घर्तीले जितेका थिए । तर, अहिले तिनै घर्तीलाई कांग्रेसका केसीले हराएका छन् । 

ad
ad