१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १ आइतबार २३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतगणनाकै बीच एमालेले प्रश्न उठाउनु अभिमतको अवमूल्यन होः महामन्त्री थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार २३:२३:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतगणना जारी रहेकै समयमा नेकपा (एमाले)ले प्रश्न उठाउनु अभिमतको अवमूल्यन भएको बताएका छन्। एमालेले विज्ञप्तिमार्फत निर्वाचनमा योजनाबद्ध धाँधली भएको बताएको थियो।
‘मतदानसम्म ठीक,मतगणनाको प्रारम्भमा पनि ठीक  तर प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।