१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १८ मंगलबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको चन्द्रनगर– १ मा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३७:oo

पालिकामा पनि कांग्रेस नै अगाडि

सर्लाहीको चन्द्रनगर गाउँपालिका– १ मा  कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट वडाध्यक्ष पदको उम्मेदवारी दिएका रामेश्वरप्रसाद महतो विजयी भएका हुन् । महतोले ६४६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । 

महतोका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सुशीलकुमार राय यादव ३७१ मत मात्र प्राप्त गरी पराजित भए । 

यसैगरी, चन्द्रनगर गाउँपालिकामा पनि कांग्रेस नै अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार महतो ७८० मतसहित अगाडि छन् । महतोलाई लोकतान्त्रिक समाजवादीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडी र माओवादी केन्द्रका लोकेन्द्र महतोले क्रमश ३५७ र २९७ मतसहित पछ्याइरहेका छन् । 

यता, उपमेयर पदमा पनि कांग्रेसका उम्मेदवार मञ्जुदेवी ५८४ मतसहित अगाडि  छिन् । उनलाई लोसपाकी उम्मेदवार कुन्तीदेवी साहले ३४९ र गीतादेवी महतोले ३८५ मतसहित पछ्याइरहेका छन् । 

ad
ad