१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आइकाओको मान्यता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३२:oo

रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय  नागरिक उड्डयन संगठन (आइकाओ)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई एरोड्रम सर्टिफिकेट (हवाईअड्डा प्रमाणीकरण) प्रदान गरेको हो । 

आइकाओले १६ वैशाखमा जिबिआइएलाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणपत्र प्रदान गरेको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइकाओ लोकेसन इन्डिकेटर ‘भिएनबिडब्लू’ रहेको छ भने सर्टिफिकेट नम्बर ००४ रहेको छ । यो सर्टिफिकेटको अवधि ०४ मे २०२२ देखि ०३ मे २०२४ सम्म तोकिएको छ । यो विमानस्थलमा ६ फागुनदेखि १५ फागुनसम्म एरोथाईको विशेष विमानले यान्त्रिक परीक्षण उडान गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १५ वैशाखमा नेपाल

वायुसेवा निगमको वाइडबडी एयरबस ३३० जहाजबाट सफलतापूर्वक ‘अप्रेसन डेमोन्स्ट्रेसन फ्लाइट’ सम्पन्न गरेको छ । बुद्धपूर्णिमाका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय सैनिक विमानले सुरक्षा बन्दोबस्तीका सामानहरू बोकेर बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । २ जेठमा मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।

गौतम बुद्ध विमानस्थलको नयाँ धावनमार्ग ८ वैशाखमा खुला गरिएको थियो । त्यसयता आन्तरिक उडान–अवतरण तीन हजार मिटर लामो धावनमार्गबाट भइरहेको छ भने १५ सय मिटरको पुरानो धावनमार्ग ट्याक्सी वेमा परिणत भएको छ । यो विमानस्थल प्रधानमन्त्री शेरबहादुर देउवाले २ जेठमा उद्घाटन गर्ने कार्यक्रम छ । यो विमानस्थलमा पहिलो दिन कुवेतको जजिरा एयरवेजले उडान गर्दै छ ।

यो उडान नै उक्त विमानस्थलको पहिलो व्यावसायिक उडान हुनेछ । जजिराले भैरहवामा सातामा तीन उडान गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यो विमानस्थलमा उडान गर्नका लागि नेपाल वायुसेवा निगमसहित एक दर्जनभन्दा बढी वायुयानले चासो देखाएका छन् । तर, अझै जजिराबाहेक अन्य वायुसेवाले निर्णय गरिसकेका छैनन् । 

ad
ad