१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मौन अवधिमा एमालेकी मेयर उम्मेदवार सुकुमबासी बस्ती पुगेपछि...

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४७:oo

मौन अवधिमा मतदाता प्रभावित पार्न सुकुमबासी बस्ती पुगेको भन्दै दमक नगरपालिकाकी मेयर पदकी उम्मेदवार गीता अधिकारीसँग स्थानीय आक्रोशित बनेका छन्। एमालेको तर्फबाट मेयरकी उम्मेदवार बनेकी अधिकारी बिहीबार दमक– ४ स्थित शान्तिटोल पुगेपछि मतदाताले उनलाई बस्ती प्रवेशमा रोक लगाएका हुन्।

अधिकारी दुईवटा गाडी लिएर उक्त बस्तीमा पुगेकी थिइन्। मतदाता प्रभावित पार्न आएको भन्दै उनलाई बिहीबार दिउँसो स्थानीयले बस्तीमा बस्न नदिएका हुन्। ‘दुई गाडी मान्छे आएपछि शंका लाग्यो। गएर हेर्दा मेयरको उम्मेदवार अधिकारी आउनुभएको रहेछ। उहाँहरू एउटा घरभित्र हुनुहुन्थ्यो,’ स्थानीय प्रेम तामाङ भन्छन्, ‘अरू मान्छे पनि भेला गरौँ भन्दै छलफल गरिरहनुभएको रहेछ। म पुगेपछि हच्किए। हामीले भिडियो गरेर उहाँलाई किन आएको भनेर सोध्यौँ। उहाँहरू भाग्नुभयो।’

मौन अवधिमा यसरी गाडीका गाडी मान्छे लिएर उम्मेदवार आउनु मतदाता प्रभावित पार्न खोजिएको स्थानीय दीपक गुरुङ बताउँछन्। ‘मतदाता प्रभावित पार्नबाहेक अरू के हुन्छ ? सुकुमबासीहरू चाँडो प्रभावित हुन्छन् भनेर यसो गरिरहेका छन्,’ उनी भन्छन्, ‘केही दिनदेखि मध्यराति पनि गाडीका गाडी मान्छे गाउँमा छिर्न खोजिरहेका छन्। तर, हामी सचेत छौँ। रातभर आफैँ ड्युटी बसेर सुकुमबासी बस्तीमा छिर्न दिएका छैनौँ।’

निर्वाचन आयोगले यो मौन अवधिमा मतदाता प्रभावित पार्ने छलफल, प्रचारप्रसारलगायतका काम नगर्न उम्मेदवार तथा दललाई निर्देशन जारी गरेको छ। तर, मौन अवधिमा प्रमुख राजनीतिक दल एमालेकी मेयर पदकी उम्मेदवार अधिकारी सुकुमबासी बस्तीमा पुगेकी हुन्। स्थानीयले प्रश्न गरेपछि अधिकारीले बिरामी हेर्न आएको उत्तर दिएकी थिइन्। उनले आफ्नो सवारीचालककी दिदी उक्त बस्तीमा बिरामी भएका कारण हेर्न गएको बताइन्। ‘खासमा भएको केही हाेइन । मेरो ड्राइभरकी दिदी बिरामी छिन्। उनलाई मैले नै दमक अस्पतालमा उपचार गरिदिएको हुँ। बाटो पर्दा निस्केको हुँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘एउटा बिरामी हेर्न जाँदा इस्यु बनाउन हुन्छ त ? केही भएको हाेइन।’

तर, स्थानीयहरू मत प्रभावित गर्न निर्वाचनका वेला बस्तीमा छिरेको दाबी गर्छन्। ‘एक वर्षसम्म बिरामी भएको नदेख्ने अनि निर्वाचनको अघिल्लो दिन बिरामी भएको देख्ने ?,’ स्थानीय विनोद घिमिरे भन्छन्, ‘यस्ता कुरा हामी बुझ्दैनौँ। मत प्रभावित पार्न आएका हुन्।’

ad
ad