मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २८ बुधबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनका दिन केही स्थानमा वर्षाको सम्भावना, ओत बोकेर भोट हाल्न जान मौसमविद्को अनुरोध  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार १६:५९:oo

स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० गते देशका एकाध स्थानहरूमा मात्रै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ३० गते दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा सामान्य बदलीको सम्भावना छ। 

त्यस्तै अन्य प्रदेशमा पनि ठूलो वर्षा हुने सम्भावना निकै कम छ। अधिकांश ठाउँमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। निर्वाचनका दिन प्रदेश १ र बागमती प्रदेशका एकाध स्थानहरूमा मात्रै मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मौसमी वायु कमजोर हुँदै गइरहेकोले मेघ गर्जन र चटयाङसहित वर्षा हुने सम्भावना निकै कम रहने महाशाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारदेखि देशभरको मौसममा थप सुधार हुने सम्भावना देखिएको छ । सो दिन राति प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

त्यस्तै, गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार मतदानको दिन चर्को घाम पनि लाग्ने छैन र पानी पर्ने सम्भावना पनि न्यून छ। उनले मौसममा क्रमिक सुधार भइरहेकोले ३० गते मौसम थप सहज हुन सक्ने सम्भावनासमेत देखिएको बताए।

‘निर्वाचनका दिन धेरै पानी पनि पर्दैन र धेरै गर्मी पनि हुनेछैन,’ पौडेलले भने, ‘तर, केही प्रदेशमा पानी पर्न सक्ने सम्भावना देखिएकोले हामीले निर्वाचन आयोगलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेका छौँ।’  मौसमविद् पौडेलले पानी पर्ने क्षेत्रहरूका मतदानस्थलमा त्रिपालको व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए। उनले भोट हाल्न जाँदा ओत बोकेर जान आग्रह गरे।