१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरका चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४o:oo

उदयपुरमा दुई सय ५८ वटा मतदान केन्द्रमध्ये चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुईवटा मतदान केन्द्र गरी चारवटा मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउने भएका हुन्। 

जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चारवटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने बताए। ‘उदयपुरमा जम्मा ९८ वटा मतदान स्थलमा दुई ५८ वटा मतदान केन्द्र रहेका छन्। जसमा चारवटामा सुरक्षाकर्मी, कर्मचारी सबै महिला मात्र खटाइएको छ।’

कोइरालाका अनुसार उदयपुरगढी गाउँपालिका– ५ को पञ्चावती माध्यमिक विद्यालयमा ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र रहेका छन्। जसमा ‘क’ मा मतदान अधिकृतको रूपमा डोलीकुमारी धमाला र ‘ख’ रत्नकुमारी राईले नेतृत्व गरेको उनको भनाइ छ। 

यसैगरी त्रियुगा नगरपालिका– ९ को रातमाटा आधारभूत विद्यालयमा रहेको दुईवटा मतदान केन्द्रमा महिला मात्र खटिएका छन्। जसमा ‘क’ मतदान केन्द्रमा सुनिता प्रधान र ‘ख’ रमुना राउत मतदान अधिकृतको रूपमा खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका दुई ५८ वटा मतदान केन्द्रमध्ये चारवटामा नमुनाको लागि कर्मचारी, सुरक्षाकर्मी सबै महिला मात्र खटाइएको निर्वाचन अधिकारी कोइरालाको भनाइ छ। उनका अनुसार जिल्लामा एक हजार दुई सय कर्मचारी खटिएका छन्।

कोइरालाले दुई सय ५८ वटै मतदान केन्द्रका मतदान अधिकृतहरूले निर्वाचन सामग्री दिएर मतदान केन्द्रतिर पुगेको जानकारी पनि दिएका छन्। निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र, रबर म्याट, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर, लाहा, खाम, बोरा, थैलोलगायत विभिन्न प्रकारका सामग्री बुझेर मतदान अधिकृतहरू मतदान केन्द्रमा पुग्ने र जानेक्रममा रहेका छन्। 

जिल्ला निर्वाचन अधिकारी कोइरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता रहेका छन्। जसअनुसार महिला एक लाख १० हजार दुई सय ५१ रहँदा पुरुष मतदाताको संख्या एक लाख १२ हजार आठ सय ८५ छ। यता तेस्रोलिंगी (अन्य) मतदाता पनि दुईजना रहेका छन्।
 

ad
ad