१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Saturday, 05 July, 2025
२o७९ बैशाख २७ मंगलबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १७:o२:oo

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा (एमाले)बीच चुनावी तालमेल हुने भएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल भएको हो।

मंगलबार दुवै पार्टीका तर्फबाट जिल्ला अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चुनावी तालमेलको सहमती भएको जनाएका छन्। जारी संयुक्त प्रेस विज्ञप्तिमा जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टलले र एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले हस्ताक्षर गरेका छन्। पालुङटारमा जसपाबाट प्रेमबहादुर गुरूङ मेयरका उम्मेदवार छन् भने एमालेबाट उपमेयरमा पार्वतीदेवी पाठक उम्मेदवार छिन्।

जसपा र एमालेबीच वडाध्यक्ष पदमा समेत तालमेलको सहमति भएको छ। १० वटा वडा रहेको पालुङटारमा ६, ७ र १० नम्बर वडाध्यक्ष पदमा जसपाले नेकपा एमालेलाई सहयोग गर्ने तथा ४ र ५ मा वडाध्यक्ष पदमा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेका छन्।

यसअघि पालुङटार नगरपालिकामा जसपा र नेपाली कांग्रेसबीच चुनावी तालमेलको प्रयास भएको थियो। केन्द्रीय स्तरबाट पटक-पटक तालमेलको प्रयास भए पनि तल्लो तहमा बाँडफाँटको कुरा नमिल्दा दुवै दल पछि हटेपछि एमाले र जसपाबीच तालमेल भएको हो।