मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : नरेन्द्रसिंह कार्की/नयाँ पत्रिका
२०७९ बैशाख २७ मंगलबार ०६:२२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिंकर र छाङरू पुग्यो निर्वाचन टोली

Read Time : < 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार ०६:२२:००

भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ ।

व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाडरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् ।

तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् । स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ ।