मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २४ शनिबार
  • Friday, 14 August, 2026
मुख्य समाचार डिजिटल संस्करण

आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ : डा. उप्रेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २४ शनिबार १६:२४:oo

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदर प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन्।

उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए। आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावीसमेत गरेका छन्। कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको उनले बताए। 

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको उनले उल्लेख गरे। निर्यात भन्दा आयात एक्कासी ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको विश्लेषण छ। आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे। 

उनले भने,  ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता आएको छ। अब देश संधै आयातमा निर्भर भएर चल्नेवाला छैन। उत्पादन सँगै रोजगारी देशभित्र नै सृजना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिँदैन।’