Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ बैशाख २३ शुक्रबार २१:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिताविपरीत गण्डकीका मुख्यमन्त्री र मन्त्रीद्वारा सरकारी साधन दुरुपयोग            

Read Time : > 1 मिनेट
२०७९ बैशाख २३ शुक्रबार २१:०७:००

निर्वाचन आचारसंहिताविपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले सरकारी स्रोत र साधनको प्रयोग गरेका छन् । ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागू गरेको थियो ।

लागू आचारसंहिताअनुसार बहालवाला मन्त्रीहरू मन्त्रीको हैसियतमा सरकारी सुविधा प्रयोग गरी पार्टीको कुनै पनि सभा समारोहमा सहभागी हुन निषेध गरेको छ । तर त्यसको खिल्ली उडाउँदै कांग्रेसले शुक्रबार पोखरामा आयोजना गरेको संकल्प-पत्र सार्वजनिक कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द नेपाली पोखरेलसँगै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री आचारसंहिता उल्लंघन गर्दै सरकारी स्रोतसाधन प्रयोग गर्दै ल्यसलाई उल्लंघन गरे ।

कार्यक्रम संचालक कैलाशबाबु श्रेष्ठले मुख्यमन्त्रीलाई मुख्यमन्त्री सम्बोधन गर्दै प्रमुख अतिथिको रूपमा आसनग्रहण गराएका थिए । मुख्यमन्त्री पोखरेल ग १ झ ४४४ र मन्त्री श्रेष्ठ ग १ झ ५६९ नम्बरको मन्त्री चढ्ने सरकारी गाडीमा प्रयोग गर्दै कार्यक्रममा सहभागी भएका थिए । 

पत्रकारहरूले आचारसंहितका बारेमा प्रश्न गरेपछि मुख्यमन्त्रीले भने, ‘पत्रकारले मेरो मुख्यमन्त्री र पार्टीको केन्द्रीय सदस्य पद बाँड्न मिल्ने भए थन्काएर आउनुहुन्थ्यो । म पार्टीको केन्द्रीय सदस्य हुँ, म मेरो पार्टीको अफिसमा आएको छु, एउटा डकुमेन्ट सार्वजनिक भएको छ, सकियो कहाँनेर दुरुपयोग भएको छ । तपाईंहरूको हेर्ने दृष्टिकोण । म जहाँ जहाँ जान्छु त्यहाँ मुख्यमन्त्री जान्छ ।’

मन्त्री श्रेष्ठले भने, ‘आचारसंहिता मान्ने कि नमान्ने भन्नेमा निर्वाचन आयोगले प्रस्ट रूपमा व्याख्या के गरिदिइसक्यो भने तपाईंहरू मन्त्री भएर कुनै कार्यक्रममा जान पाउनुहुन्न । तर मन्त्रीको सुविधा पाएको गाडी नलिएर, तपाईंको पार्टीभित्रको पदलाई कुनै पनि प्रभाव नपार्ने गरी पार्टीको चुनाव प्रचार प्रसार जान मिल्छ भन्ने आइसकेपछि हामीले कुनै पनि सरकारको दुरुपयोग नहुने गरी आशा र त्रास नदिने गरी पार्टीको पोर्टफोलियोलाई कायम गरेर कहीँ कहीँ गएको हो भन्ने लाग्छ ।’
 तर मन्त्री श्रेष्ठ स्वयं मन्त्री चढ्ने ग १ झ ५६९ नम्बरको गाडी चढेर कार्यक्रम स्थल गएका थिए ।