शंकास्पद वस्तुको हल्लाले अवरोध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । 

बम निष्क्रिय गर्ने टोलीले ‘सर्च अपरेसन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनः सुरु भएको विमानस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिए ।

बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । 

सुझावित समाचार