१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:११:oo

सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतबार  बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि जानकारी दिए । 

उनका अनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको छ । त्यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको प्रवक्ता कार्कीले बताए । उनले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको जानकारी दिए ।

प्रवक्ता कार्कीले सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित दित्तीय श्रेणीका तीन अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको बताए ।  

ad
ad