१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १६ शुक्रबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनका दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने अध्यक्ष नेपालको धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार १६:१३:oo

सत्तारूढ दल कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बहिर्गमित जनमुक्ति सेना नेपालसँगको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले गठबन्धनभित्रका दलले अहंकार राख्न नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए। स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि उनले बताए।

‘उम्मेदवारीबारे तलमाथि भएको होला, कतिपय ठाउँहरूमा । हाम्रा दुखेसाहरू होलान्। आलोचना पनि होलान् हाम्रा गठबन्धनका अन्य पार्टीहरूप्रति। त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला,’ उनले भने, ‘तर, हामी के चाहन्छौँ भने म होइन ‘हामी’ भन्ने भावनाका साथ, आफू होइन ‘हाम्रो’ ध्येय, उद्देश्यलाई हासिल गर्ने काममा सफलता पाउने सोचका साथ अगाडि बढ्न सक्नुपर्छ।’