Skip This
ad
पोखरा महानगरमा कांग्रेसबाट १८ जनाको लिखित दाबी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गोविन्द सुवेदी काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पोखरा महानगरमा कांग्रेसबाट १८ जनाको लिखित दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:५३:oo

पोखरा महानगरपालिकाको आगामी नेतृत्वका लागि नेपाली कांग्रेसका १८ जनाले लिखित दाबी पेस गरेका छन् । मेयरका लागि दाबी पेस गर्नेमा प्रदेश सरकारका बहालवाला मन्त्रीसमेत छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले पनि उम्मेदवारी दिए । उनीसँगै उनकी भाइबुहारीले उपमेयरको उम्मेदवारका लागि निवेदन दिइन् । उपमेयरमा १० जनाले दाबी पेस गरेका छन् । 

मेयरको उम्मेदवार बन्न निवेदन दिने अन्यमा सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली छन् । यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, गणेशबहादुर भट्टराई, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले पनि दाबी पेस गरेका छन् । उपप्रमुखमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले निवेदन दिएका छन् । उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । 

 केन्द्रीय सर्कुलरविपरीत आकांक्षीसँग पैसा 
कांग्रेसको केन्द्रीय कार्यालयको सर्कुलरविपरीत कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसँग पैसा उठाएको छ । कांग्रेस महानगर समितिले मेयरका आकांक्षीसँग २५ हजार र उपमेयरका आकांक्षीसँग २० हजार रुपैयाँका दरले पैसा उठाएको हो । मेयरको उम्मेदवार बन्न चाहने १८ जनाबाट निवेदनसहित प्रतिव्यक्ति २५ हजारका दरले चार लाख ५० हजार रुपैयाँ र उपमेयरको उम्मेदवार बन्न चाहने आठजनाबाट प्रतिव्यक्ति २० हजारका दरले एक लाख ६० हजार रुपैयाँ रकम जम्मा भएको कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । उनका अनुसार उपमेयरका उम्मेदवार १० जना भए पनि दुईजनाले भने पार्टीमा योगदान दिएको भन्दै पैसा दिन नसक्ने बताए । 

उम्मेदवार आकांक्षीसँग पैसा नलिन केन्द्रले जारी गरेको सर्कुलरबारे जिज्ञासा राख्दा महानगर सभापति बिजुक्छेले केन्द्रीय सर्कुलर नलिनु भन्ने भए पनि उम्मेदवार सीमित गर्न र पार्टी सञ्चालनमा सहयोग पुर्‍याउन थोरै रकम लिनुपरेको बताए । ‘पार्टीले सर्कुलर पठाएको पनि थियो । हामीलाई यो थाहा छ । तर, पार्टी सञ्चालनमा पनि सहयोग होस् र आकांक्षी पनि सीमित हुन् भनेर थोरै पैसा लिएका हौँ । नसक्नेले दिनुभएको छैन । उपमेयरको उम्मेदवारका लागि निवेदन दिनुभएका दुईजनाले हामीले पार्टी निर्माणमा योगदान गरेका छौँ । अहिले पैसा दिन्नौँ भन्नुभयो । हामीले ठीकै छ भन्यौँ, लिएनौँ,’ उनले भने । बिजुक्छेले उठेको रकम महानगर समितिको कोषमा जम्मा भएको र त्यसबाट महानगर समितिका गतिविधि र महानगरको भवन निर्माण गर्दा खर्च गरिने बताए । 

ad
ad