निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ४ आइतबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ४ आइतबार १४:५८:००

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसापा)का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। प्रचण्डसँग जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवले आइतबार भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरूले बिहान ११ः४५ देखि १२ः२० सम्म छलफल गरेका थिए। छलफलपछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले सामान्य गफगाफ मात्रै भएको बताए।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरे पनि कतिपय स्थानीय तहमा गठबन्धनका लागि सहमति बन्न सकेको छैन। गठबन्धनका सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका वेला माओवादी केन्द्र र जसपाका नेताहरूबीच छलफल भएको हो।