१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दास हत्यामा संलग्न चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:२७:oo

कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये चारजनालाई रुपन्देही जिल्लाको बेलहिया सीमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका– ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहरा, दिलीप दास र मनोज भण्डारी रहेका छन् । 

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरू कामको खोजी गर्ने क्रममा बेलहिया सीमानाकामा आएको सूचनाका आधारमा पक्राउ गरिएको हो । स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरूले दिएको प्रारम्भिक बयानअनुसार मोबाइल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाँटी छिनेर हत्या गरिएको थियो । हत्याको आरोपमा संलग्न चारैजनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरूलाई कैलाली प्रहरीलाई जिम्मा लगाइने पनि प्रवक्ता कोइरालाले बताए । महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरू लागुऔषध सेवनमा संलग्न रहेको पनि जनाएको छ । 

ad
ad