१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्यार्थीले बहिष्कार गरेपछि सिटिइभिटीको परीक्षा स्थगित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o९:oo

कोर्सविनै परीक्षा सञ्चालन गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेपछि कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षा स्थगित भएको छ । कञ्चनपुरका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले ६ महिनामा हुनुपर्ने परीक्षा चार महिनामै गरेको र कोर्षविनै सञ्चालन गर्न खोजिएको भन्दै परीक्षा बहिष्कार गरेका छन् । 

सिटिइभिटीले बुधबारदेखि कञ्चनपुरसहित देशैभरि स्नातक तहका परीक्षा सञ्चालन गरिरहेको छ । तर, विद्यार्थीले परीक्षा पछि सार्नुपर्ने माग गरेका छन् । कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा राखिएको सेन्टरका विद्यार्थीले कोर्ष पूरा नगरीकनै परीक्षा सञ्चालन गर्न खोजिएको र अवधिअगावै परीक्षा सञ्चालन गर्न खोजिएको भन्दै विद्यार्थी परीक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए । 

बैजनाथ इन्जिनियरिङ कलेजका विद्यार्थी गोकर्ण महरले ६ महिनाले हुनुपर्ने परीक्षा चार महिनामै सञ्चालन गरेकाले विद्यार्थी मारमा परेको बताए । ‘हामीमाथि अन्याय भयो,’ उनले भने, ‘त्यही भएर पहिलो दिनको परीक्षा बहिष्कार गरेका हौँ ।’ भृकुटी मावि इन्जिनियरका विद्यार्थी भानवदेव ठगुन्नाले सिटिइभिटीका कारण परीक्षा बहिष्कार गरेको बताए । नेविसंघ कञ्चनपुरका विक्रम बुढाले विद्यार्थीमाथि घात भएकाले परीक्षा सार्नुको विकल्प नभएको बताए । 

सिटिइभिटी बाह्य परीक्षा निरीक्षक विनोदप्रसाद भट्टले परीक्षा सार्ने विषय केन्द्रलाई अधिकार भएको बताए । ‘देशभरि परीक्षा सञ्चालन भएको छ,’ उनले भने, ‘कञ्चनपुरका विद्यार्थीको मागबारे केन्द्रमा परामर्श गर्छौँ ।’ परीक्षा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका शंकर ओझासहितका सात–आठजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ad
ad