Skip This
सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १ बिहीबार o६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o६:१४:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपाने यसअघि सेन्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका न्यौपानेले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेको जनाइएको छ ।

उनले बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रमा विशेष दखल राख्ने प्रस्ट वक्ता, कमर्सियल बैंकिंङ तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यावहारिक विज्ञता हासिल गरेका अनुभवी र कुशल व्यवस्थापकको परिचय बनाएको बैंकले जनाएको छ ।