१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामार्फत सुझाव ग्रहण गर्दै घोषणापत्र तयारी समितिका सदस्य
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावी घोषणापत्रबारे सुझाब लिन कांग्रेसको टोल फ्री, भाइबर र ह्वाट्सएप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४९:oo

प्रमुख सत्तारुढ दल कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र समितिले सुझाब संकलनका लागि टोल फ्री नम्बर, भाइबर र एप सञ्चालनमा ल्याएको छ । समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य किरण गिरीका अनुसार घोषणापत्र लेखन समितिले जनस्तरबाटै सुझाब संकलनका लागि टोल फ्री नम्बर, भाइबर,  ह्वाट्सएप र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो । 

कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको छ । समितिले सुझाब संकलन र लेखन समानान्तर रूपमा भइरहेको जनाएको छ । समितिले लिखित रूपमा समेत सुझाब आइरहेको जनाएको छ । 

समितिले १६६००११५८८८ नम्बरको टोल फ्री र मोबाइल नम्बर ९८५१३४२५५५ मा भाइबर र ह्वाट्सएपमार्फतसमेत घोषणापत्रका लागि सुझाब दिन सकिने जनाएको छ। त्यस्तै समितिको फेसबुक म्यासेन्जरबाट समेत सुझाब दिन सकिने जनाएको छ। 

‘घोषणापत्र लेखन समितिले जनस्तरबाटै सुझाब संकलनका लागि टोल फ्री नम्बर, भाइबर,  ह्वाट्सएप र मोबाइल नम्बर सञ्चालनमा ल्याएको छ,’ गिरीले भने, ‘समितिमा लिखित रूपमा पनि सुझाब आइरहेको छ । सबै माध्ययमबाट सुझाब संकलन र लेखनलाई समानान्तर रूपमा अगाडि बढाइरहेका छौँ ।’

ad
ad