१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य वैज्ञानिकहरूको आठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार १८:४१:००

स्वास्थ्य वैज्ञानिकहरूको आठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । तीनदिने सम्मेलन आइतबार सुरु भएको हो । सम्मेलनमा  विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरूको वृत्तिविकास गरेर उनीहरूलाई अभ्यास गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । उनले  नेपाल सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको  क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए । 

सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धान अनुसन्धानका लागि मात्रै नभई जनताको आवश्यकता परिपूर्ति गर्ने किसिमका हुनुपर्ने बताए ।