१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Friday, 04 July, 2025
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका मंगलबारे
२o७८ चैत २६ शनिबार १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मंगलबारे
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार १५:o२:oo

इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। 

बिहान मर्निङ वाकमा निस्केका उनलार्य जङ्गली हात्तीले आक्रमण गरेको थियो। बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो। रासस