१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १९:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबको बार नेतृत्वले भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउँछ : नवनिर्वाचित अध्यक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २५ शुक्रबार १९:१५:००

नेपाल बार एसाेसिएसनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लड्ने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् । 

शुक्रबार बारको मतदानको मत परिणाम आएसँगै नेपाली कांग्रेसनिकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनीसँगै बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको प्यानल नै विजयी भएको छ। गठबन्धनको प्यानलले एमालेनिकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो । घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी अधिकारीले २४ सय ८२ मत ल्याएका थिए । 

अध्यक्ष घिमिरेले भने, ‘हामीले आफ्नो घोषणापत्रमार्फत जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, विकृति, विसंगतिविहीन, भ्रष्टाचारमुक्त न्यायपालिका हाम्रो प्रमुख उद्देश्य हो । साथै एउटा मर्यादित पेसा, व्यवस्थित पेसा बनाउने पनि हाम्रो अर्को प्रमुख उद्देश्य हो । साथै कानुन व्यवसायीहरूलाई कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले आशा देखाउने हाम्रो अर्को उद्देश्य छ । त्यसैले हामी यसमा लागि पर्नेछौँ । तीन वर्षको पूरा कार्यकाल हामी एउटा सक्षम न्यायालय र एउटा सक्षम कानुनकर्मीको उत्पादनका लागि लागिपर्नेछौँ ।’

नवनिर्वाचित अध्यक्ष घिमिरेले कानुन व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए। उनले  तीनवर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानुनकर्मीको उत्पादनमा जोड दिने बताए ।