१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल फाेटाे ।
मुख्य समाचार डिजिटल संस्करण

बारको मतगणना सकियो, केहीबेरमा आधिकारिक नतिजा घोषणा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:१३:oo

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना सम्पन्न भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह प्रतिस्पर्धामा छन्। बार निर्वाचन समितिले केहीबेरमै आधिकारिक नतिजा घोषणा हुने जनाएको छ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्। मंगलबारदेखि सुरु भएको मतगणनामा घिमिरे नेतृत्वको प्यानलले सुरुवातबाटै अग्रता लिँदै आएको थियो। 

चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान भएको थियो। सबै स्थानको मतपेटिका काठमाडौं ल्याइएसँगै मंगलबारबाट मतगणना सुरु भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको हो। नौ हजार सात सय आठजना मतदाता रहेकामा सात हजार चार सय २९ मत खसेको थियो।

ad
ad