मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुन प्रतितोला ५०० रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १२:५o:oo

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ पुगेको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। उक्त सुन बुधबार प्रतितोला ९८ हजार रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार तीन सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाे सय २१ डलर आसपास कारोबार भइरहेको छ।