मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २४ बिहीबार o८:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीलाई गभर्नरको चिठी : आयात नियन्त्रणदेखि उपभोग कम गर्नेसम्मका सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o८:३८:oo

गभर्नरले बाह्य क्षेत्र सुधारका सम्बन्धमा अर्थमन्त्री शर्मालाई पत्र पठाएर १६ बुँदे सुझाव दिएका छन् 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको विदेशी विनिमय सञ्चित घट्दै जानु चिन्ताको विषय भएको भन्दै त्यसको तत्काल सुधारका लागि आयात नियन्त्रणलगायत अल्पकालीन उपाय अवलम्बन गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् ।

गभर्नरले बाह्य क्षेत्र सुधारका सम्बन्धमा अर्थमन्त्री शर्मालाई पत्र पठाएर १६ बुँदे सुझाव दिएका हुन् । उनले पेट्रोलियम पदार्थको आयात तथा उपभोग घटाउनेदेखि सवारीसाधनलगायत लक्जरी वस्तुको आयात रोक्नुपर्नेसम्मका सुझाव दिएका छन् । 

शोधनान्तर घाटाका कारण विदेशी विनिमय सञ्चिति घट्ने, तरलता तथा ब्याजदरसमेत प्रभावित भएकाले त्यसको समाधानका लागि उनले तत्काल अवलम्बन गर्नुपर्ने सुझाव दिएका हुन् । उनले मुख्य सहरमा सवारीसाधन जोर–बिजोर प्रणालीमा चलाउनुपर्ने, सार्वजनिक निकायमा दुई दिन बिदा दिनुपर्ने, सवारीसाधन आयात रोक्नुपर्ने, विद्युतकाे घरेलु खपत बढाउनुपर्ने र त्यसका लागि इन्डक्सन चुलोलगायतमा अनुदान दिनुपर्ने, अत्यावश्यकबाहेकका वस्तुको आयातमा कुनै कर्जा नदिनेलगायत सुझाव दिएका हुन् ।

त्यस्तै, मरिच, छोकडा, सुपारी, केराउ, पेस्तालगायतको आयात रोक्नुपर्ने, नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा तथा नवीकरणलगायत शुल्क अनलाइनबाट तिर्ने व्यवस्था गर्नुपर्ने, भ्रमण वर्ष पुनः सुरु गरिनुपर्ने, हुन्डी कारोबारको अनुगमन गरी संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, वैदेशिक लगानीको सीमा हटाइनुपर्ने सुझावसमेत गभर्नरले अर्थमन्त्रीलाई दिएका हुन् ।