१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समिति बैठक : २६ गतेभित्र गठबन्धनको अवस्थाबारे रिपाेर्ट गर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:१७:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तागठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत्र २६ गतेभित्र गठबन्धनका अवस्थाबारे रिपाेर्ट बुझाउन निर्देशन दिएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको समितिको बैठकले गठबन्धनका तल्ला तहका संयन्त्रहरूलाई यस्तो निर्देशन दिएकाे हाे ।  

 बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सत्तागठबन्धनका दलबीच चुनावी तयारीबारे छलफल भएको जानकारी दिए । ‘आजको बैठकमा चुनावी तयारी गर्नेबारे छलफल भयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि २६ गतेभित्र जिल्लाका रिपाेर्ट संकलन गर्ने निर्णय भएको छ।’

नेता गुरुङका अनुसार स्थानीय तहमा गठबन्धन दलहरूको अवस्थाबारे चैत्र २२ गतेभित्र रिपाेर्ट संकलन नभएकाले बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । २६ गतेभित्रमा स्थानीय तहबाट आएका रिपाेर्टहरूको अध्ययन गरेर थप निर्णय लिइने गुरुङले बताए । 

ad
ad