मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २७ शनिबार
  • Saturday, 10 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपांगतासम्बन्धी कार्यविधि परिमार्जनसहित कार्यान्वयनमा आउँछः मन्त्री रेग्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार १७:३०:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपांगतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। नेपाल अपांग पुनर्स्थापना केन्द्रद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री  रेग्मीले अपांगता भएका समुदायको हकहितको लागि रोकिएर बसेका अपांगतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्न पहल भइरहेको बताएकी हुन्। 

मन्त्री रेग्मीले अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकोले त्यसलाई परिमार्जन गरेर निलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू रहेको बताइन्। अपांगता भएका समुदायको हकहितको लागि आफू सधैँ अग्रपंक्तिमा रहेको बताउँदै उनले आगामी बजेटमा अपांगता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको समेत बताइन् । ‘राज्यको स्राेतसाधनले नभ्याएर पनि होला तर अपांगता भएका समुदायलाई गाँस काटेर भए पनि प्राथमिकता दिनुपर्छ। आफ्नो अधिकारको लागि सबैले सशक्त रूपमा आवाज उठाउन जरुरी  छ,’ उनले भनिन्।

कार्यक्रममा नेपाल अपांग पुनर्स्थापना केन्द्रले अपांगता भएका विभिन्न व्यक्तिहरूलाई व्हिलचेयर, कमोड चेयर, हट ब्याग ,सेनिटरी प्याड, बैसाखीलगायतका सामग्रीहरू वितरण गरेको थियो ।