१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Sunday, 11 May, 2025
२o७८ चैत १९ शनिबार १३:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल बारको मतदान जारी, मतपरिणाम आउन तीन दिन लाग्ने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार १३:३६:oo

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसिएसनको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट बारको २६औँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको हो।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरूसहित २५ जनाको कार्यसमिति चयन हुनेछ। बिहान ८ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजेसम्म हुनेछ। अपराह्न ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिए। उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिका काठमाडौंमा ल्याइनेछ। त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब तीन दिन लाग्ने अनुमान गरिएको प्रमुख निर्वाचन अधिकृत पाठकले बताए।