Skip This
नेपालको मौलिक संस्कृति प्रवर्द्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १९ शनिबार १२:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको मौलिक संस्कृति प्रवर्द्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार १२:३९:oo

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बिबिसी मास्टर सेफ’को टोली नेपाल आउने भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो।

मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार–प्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ। पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ। सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन्।

उक्त कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइन डाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ । 

त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवं पर्यटन प्रवर्द्धनका कार्यक्रमसमेत रहेको छ। मास्टर सेफहरू अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन्।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एअरलाइन्स पार्टनरका रुपमा श्रीलंकन एअरलाइन्स, बैंकिङ पार्टनरका रूपमा नबिल बैंक र हेल्थ पार्टनरका रूपमा सिवेक हस्पिटलले सहयोग गरेका छन्।

त्यसैगरी, बुद्ध एअर, समिट एअर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चरसमेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरूलाई नेपाल भ्रमण गराई उनीहरूमार्फत गन्तव्यको प्रचार–प्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरे। रासस