१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि

नेपालको पहिलो खेल पपुवा न्युगिनीसँग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:५o:oo

नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ । दोहोरो राउन्ड रोबिनको आधारमा हुने सिरिजको पहिलो खेल दिउँसो १२: ३० बजे हुनेछ ।

यसअघि नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल पहिलोपटक पपुवा न्युगिनीसँग एकदिवसीय खेलमा पराजित भएको थियो । पपुवा न्युगिनीले पहिलो खेलमा ६ रन तथा दोस्रो खेलमा तीन विकेटले नेपालमाथि रोमाञ्चक जित निकालेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ‘क्लिन स्विप’ भएको नेपालले टी–२० सिरिजमा बदला लिने लक्ष्य लिएको छ ।

गत वर्ष युएईमा भएको आइसिसी पुरुष विश्वकप टी–२० मा पपुवा न्युगिनीले सहभागिता जनाएको थियो । नेपालले सात वर्षपछि पपुवा न्युगिनीविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । सन् २०१५ मा नेपालले आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा पपुवा न्युगिनीविरुद्ध अन्तिमपटक प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल आठ विकेटले पराजित भएको थियो । सो खेलमा नेपाल पहिले ब्याटिङ गरी ९३ रनमा अलआउट भएको थियो । नेपालले हालसम्म टी–२० अन्तर्राष्ट्रियस्तरमा बनाएको यो पाँचौँ कम स्कोर हो । सात वर्षअघि पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेका खेलाडीमध्ये सोमपाल कामी र करण केसी मात्रै अहिले राष्ट्रिय टोलीमा छन् । 

घरेलु मैदानमा नेपालको अन्तर्राष्ट्रिय टी–२० खेलमा रेकर्ड निकै राम्रो छ । पछिल्लो आठमध्ये सात खेलमा नेपाल विजयी भएको छ । पपुवा न्युगिनीले पछिल्लो ६ अन्तर्राष्ट्रिय टी–२० खेलमा जित निकाल्न सकेको छैन । नेपालले पछिल्लो पाँचमध्ये चार खेलमा जित निकालेको छ । नेपाल एक खेलमा मात्र पराजित भएको छ । 

ad
ad